दफा ९५क
अग्रिम कर असुल गर्ने
(१) कमोडिटी फ्युचर मार्केट अन्तर्गत व्यापार गर्ने व्यक्तिबाट सो व्यवसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा दश प्रतिशतका दरले हुने रकम कमोडिटी फ्युचर मार्केट सेवा सञ्चालन गर्ने निकायले अग्रिम कर असुल गर्नु पर्नेछ ।

(२) प्रचलित कानून बमोजिम दर्ता भई धितोपत्रको खरिद बिक्रीको कारोबार गर्ने बासिन्दा निकाय: बाहेक अन्य कुनै व्यक्तिलाई कुनै बासिन्दा निकायमा रहेको हितको निःसर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा देहाय बमोजिम अग्रिम कर असुल गर्नु पर्नेछ:-

(क) नेपाल घितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले "बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीनसय पैंसट्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीनसय पैंसट्टी दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलव पाँच प्रतिशत बासिन्दा निकायको हकमा लाभ रकमको दश प्रतिशत, र अन्यको हकमा लाभ रकमको पच्चीस प्रतिशतका दरले,

(ख) नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा जुन निकायको हित निःसर्ग भएको हो सोही निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको दश प्रतिशत, बासिन्दा निकायको हकमा लाभ रकमको पन्ध्र प्रतिशत र अन्यको हकमा लाभ रकमको पच्चीस प्रतिशतका दरले,

(२क) उपदफा (२) को खण्ड (क) बमोजिम लाभ गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गर्नु पर्नेछ ।

(३) उपदफा (२) को खण्ड (ख) बमोजिमको हित निःसर्ग भई कम्पनी रजिष्ट्रार कार्यालयले शेयर अभिलेखीकरण गर्दा लाभ रकममा अग्रिम कर दाखिला भएको प्रमाण पेश भएपछि मात्र अभिलेखीकरण गर्नु पर्नेछ ।

(४) ........

(५) कुनै प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन निःसर्ग बापत भएको पूँजीगत लाभमा मालपोत कार्यालयले रजिस्ट्रेशनका बखत देहाय बमोजिम अग्रिम कर असुल गर्नु पर्नेछ:-

(क) निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी भएको छ भने «पाँच प्रतिशतका दरले,

(ख) निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्षभन्दा कम भएको छ भने सात दशमलब पाँच प्रतिशतका दरले।

(६) उपदफा (५) मा लेखिएदेखि बाहेक अन्य कुनै व्यक्तिको स्वामित्वको जग्गा वा भवनको निःसर्ग भएको मूल्यमा मालपोत कार्यालयले रजिष्ट्रे नका बखत एक दशमलव पाँच प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।

(६क) विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बासिन्दा बैङ्क वा वित्तीय संस्थाले त्यस्तो परीक्षा शुल्क बापतको रकममा विदेशी मुद्राको सटही सुविधा दिएको बखत पन्ध्र प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

(६ख) व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए.बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको “पाँच प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

(६ग) व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले व्यक्तिगत रुपमा नेपाल बाहिर परामर्श सेवा प्रदान गरे बापत विदेशी मुद्रामा कुनै भुक्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैँड्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको “पाँच प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

(६घ) व्यवसाय सञ्चालनमा संलग्न नरहेको बासिन्दा प्राकृतिक व्यक्तिले सामाजिक सञ्जालमा श्रब्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको “पाँच प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

(६ङ) बासिन्दा विद्युतीय व्यापार सञ्चालक (इ-कमर्श अपरेटर) ले आफ्नो प्लेटफर्ममा आबद्ध भई कुनै वस्तु, सेवा वा वस्तु र सेवा प्रदान गर्ने व्यक्तिलाई वस्तु, सेवा वा वस्तु र सेवा बिक्री बापतको रकम भुक्तानी गर्दा एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

(७) व्यापारिक प्रयोजनको लागि पैठारी हुने भन्सार दरबन्दीको भाग १ मापर्ने राँगा, भैसी, खसी, बोका, भेडा, च्याङग्रा, भाग ३ मापर्ने जीवित, ताजा तथा हिमिकृत गरिएको माछा, भाग ६ मापर्ने ताजा फूलहरु, भाग ७ मापर्ने ताजा तरकारी, आलु प्याज ७सुख्खा तरकारी, लसुन, बेबी कर्न र भाग ८ मापर्ने ताजा फलफूलहरुमा भन्सार प्रयोजनको लागि कायम मूल्यमा पाँच प्रतिशत तथा भाग २ को मासु,भाग ४ को दूधजन्य पदार्थ, अण्डा, मह, भाग १० को कोदो, फापर, जुनेलो, चामल, कनिका, भाग ११ को मैदा, आँटा तथा पिठो, भाग १२ को जडिबुटी, उखु र भाग १४ को वनस्पतिजन्य उत्पादनमा दुई दशमलब पाँच प्रतिशत अग्रिम आयकर भन्सार बिन्दुमै असुल उपर गरिनेछ ।

तर मूल्य अभिवृद्धि कर लाग्ने वस्तु पैठारीमा एक दशमलव पाँच प्रतिशत अग्रिम आयकर असुल उपर गरिनेछ।

(८) उपदफा (१), (२), (५) र (६) बमोजिम अग्रिम कर असुल गर्नुपर्ने व्यक्ति वा निकायले अग्रिम कर असुल नगरेको भए पनि असुल हुनुपर्ने समयमा सो कर असुल गरेको मानिने छ ।

(९) अग्रिम कर असुल गर्नुपर्ने व्यक्तिले प्रत्येक महिना समास भएको पच्चीस दिनभित्र विभागले तोकेको तरीका र ढाँचामा विभागमा विवरण दाखिला गर्नु पर्नेछ ।

(१०) ७उपदफा (९) मा उल्लिखित विवरणसँग अग्रिम कर असुल गरिएको रकम वा उपदफा (८) बमोजिम . असुल गरेको मानिएको रकम सोही उपदफा बमोजिमको म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ ।

(११) देहाय बमोजिमको अवस्थामा अग्रिम कर दाखिला गर्नुपर्ने र असुल गर्नुपर्ने व्यक्ति दुवैजना संयुक्त रूपमा र छुट्टाछुट्टै रूपमा त्यस्तो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन्‌ः-

(क) अग्रिम कर असुल गर्नुपर्ने व्यक्तिले अग्रिम कर असुल नगरेमा, र

(ख) अग्रिम कर असुल गर्नुपर्ने व्यक्तिले »उपदफा (८) बमोजिम असुल गरेको मानिने रकम ७उपदफा (१०) बमोजिम विभागमा दाखिला नगरेमा ।

(१२) ७उपदफा (११) बमोजिम अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले उपदफा (९) मा उल्लिखित म्याद समाप्त भएको पच्चीस दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ ।

(१३) अग्रिम कर असुल गर्नुपर्ने व्यक्तिले असुल नगरेको अग्रिम कर ७उपदफा (१०) बमोजिम विभागमा दाखिला गरेको भए त्यसरी दाखिला भएको कर रकम बराबरको रकम त्यस्तो कर दाखिला गर्नुपर्ने व्यक्तिबाट असुल उपर गर्न पाउनेछ ।

(१४) यस दफा बमोजिम दाखिला गरिएको अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले तिर्नुपर्ने वार्षिक कर दायित्वमा घटाउन पाउनेछ ।